December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

काठमाडौं महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी

काठमाडौँ । अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको छ । राष्ट्रिय सभागृह बाहिर आठ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईः सहितको टोली वार्तामा छन् ।

वार्तामा मेयर बालेन शाह भने नबस्ने भएका छन् । फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् । यसअघि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ईःलाई भेटेर वार्ताका लागि सहजीकरण गर्ने बताएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको