October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ । 

प्रधानमन्त्री दाहालको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा छलफल हुने जनाईएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित प्रशासनिक एजेन्डाको विषयमा छलफल हुनेछन् । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउने र त्यसका तयारीका बारेमा मन्त्रालयगत जानकारी लिने पनि कार्यसूचीमा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

शीर्ष समाचार

धेरै पढिएको