September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

दाङ – समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाव संकलन थालिएको छ।

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा समुदायस्तरमा कोरोनो संक्रम देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारहरू सक्रियता देखाउन थालेका छन्। 

समुदायस्तरमा चारजनामा कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुर उपमहानगरले ‘अन द स्पोट’ स्वाब संकलन गर्न थालेको हो। शुक्रबारदेखि ‘अन द स्पोट’ स्वाव संकलन शुरु गरेको उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए। तुलसीपुरका चोक–चोकमा स्वाव संकलन गरिएको समेत उनले बताए।

केसीका अनुसार बजार क्षेत्रका भीडभाड हुने क्षेत्र र त्यससँग सम्बन्धित व्यक्तिहरूलाई परिक्षणको दायरामा ल्याउन लागिएको छ। 

शीर्ष समाचार

धेरै पढिएको