October 1, 2023, Sunday
२०८० आश्विन १४, आईतवार
KN hd tv

एमाले लुम्बिनी अधिवेशन : रिजाललाई दुई मतले पराजित गर्दै कँडेल निर्वाचित

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । उनी दुई मतले विजयी भएका हुन् ।

गए राति सम्पन्न मत परिणाम अनुसार कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसचिव (पुरुष) मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला) मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् ।

शीर्ष समाचार

धेरै पढिएको