June 5, 2023, Monday
२०८० जेष्ठ २२, सोमबार
KN hd tv

प्रधानमन्त्रीलाई बिजुलीको खुलापत्र

प्रिय प्रधानमन्त्रीज्यू,
भयो भयो मलाई अब विगतमा नधकेल्नुस्। बिन्ती छ, मेरो उद्धार गर्नुहोस्। मैले यतीका वर्षमा निरन्तर सबै नेपालीको घरघर उज्यालो बनएकी छु। अब मलाई भूतकालमा फर्काई अन्धकार र विद्युत प्रवाहहीन नबनाउनुहोस्। मेरो वहावमा अंकुश नलगाउनुहोस्। मलाई गलत हातमा नपार्नुहोस्।

म बिजुली। म आज दोधारमा परी यहाँ आएकी छु। मेरो अन्धकारमय जीवनमा सन् २०१६ बाट फुर्ती बढेको हो। यो बीचमा मैले धेरै स्वतन्त्रता पाएकी छु।

मैले नेपालमा ठूलो सम्भावना देखेकी थिएँ। हाम्रो देश नेपाल जल सम्पदामा विश्वकै दोश्रो नम्बरमा छ। हालसम्म ब्राजिल एक नम्बर जल सम्पदाको धनी देश हो। नेपालको सर्भे गर्दा नदीनाला प्रयोग गरी ८३००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने थाहा भएको छ। त्यसैले नेपालको विद्युत क्षेत्रमा ठूलाठूला हाइड्रोपावर परियोजना ल्याएर अधिकतम विद्युत उत्पादन गरी सबै देशभर अन्धकार हटाउन सकिने सम्भावना छ।

उत्पादन बढाउने सक्दा नेपालले छिमेकी देशलाई नै विद्युत बेचेर आर्थिक लाभ पनि लिन सक्ने देखिन्छ। नेपालमा नेपाल विद्युत प्राधिकरणले सन् १९८५, अगस्ट १६ देखि सर्वाधिकार लिँदै आएको छ। यसको मुख्य काम विद्युत उत्पादन र बिक्री वितरण गर्नु रहेको छ।

नेपालमा विद्युत उत्पादनका लागि विभिन्न हाइड्रोपावरहरु सक्रिय छन्। उत्पादन बढाइरहेका छन्। केही हाइड्रोपावरहरुको उत्पादन तयारी अवस्थामा छ। वर्तमान अवस्थामा आइपुग्दा मेरो माग एवं आपुर्ति बुझ्ने र सही व्यवस्थापन गर्ने जिम्मेवारी कुलमान घिसिङलाई जान्छ। उहाँकै कारण विगतका केही वर्ष मेरा लागि सुनौला रहे।

प्रधानमन्त्रीज्यू, मेरो यो स्वतन्त्रताले मलाई असीमित खुसी दिएको छ। मैले हरेक पललाई मीठो एवं यादगार अनुभव गर्न पाएकी छु। मेरो अस्तित्वमा नयाँ आयाम आएको छ। म सही रुपमा घर, अफिस, स्कुल, कलकारखाना, छापाखाना, कृषि, व्यापार व्यवसायमा प्रवाह भइरहँदा मन आनन्दित बन्छ। म त एक माध्यम न हुँ। मलाई सही व्यवस्थापन र प्रयोग गरेकै कारण अहिले हर घर उज्यालो हुन सम्भव भएको हो। 

अन्धकारलाई बिदा गर्दा को पो खुसी नहुँदो हो। ओहो! सम्झिँदा पनि आङ जिरिंग हुन्छ। नेपालमा विदेशी पर्यटक आउँदा सम्झन्छु कति विरक्तिन्थे, पहिला काठमाडौंका गल्लीमा। सन् २०१४ मा एक पटक दुई जना अमेरिकन नागरिक स्वयम्भुमा बसी ‘बुद्धले सारा विश्वलाई उज्यालो बनाई ज्ञानको ज्योति दिए तर यही नेपाल भने सदा अन्धकार रह्यो’ भन्दै गफ गरेको देख्दा आफै|लाई लाज लागेर म रातभर त्यस स्थानमा विद्युत प्रवाह गरिरहे|।

विद्यार्थीलाई सास्ती थियो। पढ्न बस्ने बेलामा लोडसेडिङ हुन्थ्यो, असाइनमेन्टहरु गर्न असहज, प्रेजेनटेसन बनाउन गाह्रो थियो। घरका गृहिणीहरुलाई घर सरसफाइदेखि घरमा भान्सामा काम गर्न समस्या थियो। लाइन जाने फ्रिज नचल्ने, राइसकुकर नचल्ने, मिक्सचर, मेसिन आदि नचल्दा घरको काममा ढिलासुस्ती हुने हुन्थ्यो। श्रीमानलाई अफिस पठाउन र नानीबाबुलाई स्कुल पठाउन कैयौं महिलालाई सकस थियो। स्रोत: nepalilive

शीर्ष समाचार

धेरै पढिएको