July 15, 2024, Monday
KN hd tv

कोशी सरकारविरुद्धको मुद्दामा आज प्रतिवादीको बहस

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा आज (मंगलबार) बाट प्रतिवादीको बहस हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो । आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि) सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको