October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

भारतविरुद्ध नेपालको १०० रन पुरा

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध खेलमा १०० रन पूरा गरेको छ । २२औँ ओभरमा तीन विकेट गुमाएर नेपालले १०० रन पूरा गरेको हो ।

कप्तान रोहित पौडेलका रूपमा नेपालले तेस्रो विकेट गुमाएको हो । श्रीलंकाको पल्लेकेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले बलियो सुरुवाती गरेका थिए ।

बिना क्षति नेपालले नवौँ ओभरमा ५० रन पूरा गरेको हो । भुर्तेलका रूपमा नेपालले पहिलो विकेट गुमाएको छ । भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । उनको विकेट सार्दुल ठाकुरले लिए ।

यस्तै, सार्कीको विकेट स्पिनर रवीन्द्र जडेजाले लिए । तेस्रो विकेटका रूपमा नेपालले पौडेललाई गुमाएको हो । रोहित पाँच रन बनाएर आउट भए । अहिले कुशल मल्ल र आसिफ शेख मैदानमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको