September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

उपत्यकामा आज एकै दिन थपिए ३७७ कोरोना संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। सरकारले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरे पनि कोरोनाले डर लाग्दो रुप लिँदै गएको छ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा कोरोनाले विकराल रुप लिन थालेको हो। ‘हटस्पट’ बन्दै गएको काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च २७० जना नयाँ संक्रमित थपिएका छन्।  अर्कातिर ललितपुरमा अहिलेसम्मकै उच्च ६६ जना कोरोना संक्रमित थपिएका छन्।

भक्तपुरमा पनि ४१ जना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा मात्रै बुधबार २ सय ३० जना संक्रमित भेटिएका थिए। कोरोना संक्रमित भेटिने संख्या काठमाडौं उपत्यकामा दिनदिनै उच्च हुँदै गएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रा.डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंका तीन जिल्लामा अहिलेसम्मकै उच्च ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 



शीर्ष समाचार

धेरै पढिएको