September 7, 2024, Saturday
KN hd tv

आजदेखि बढ्यो श्रमिकहरूको न्यूनतम पारिश्रमिक, अब घण्टाको ९५ रुपैंयाँ

काठमाडौँ । श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि नै लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको बिहीबार राजपत्र प्रकाशित गर्दै जानकारी गराएको छ ।

श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्‍याइएको हो । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् । वृद्धि गरिएको पारिश्रमिकमा चिया बगान बाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्‍याइएको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ मात्रै थियो । चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ ।

1 5

शीर्ष समाचार

धेरै पढिएको