कवि अधिकारीको ‘बस्तीमा आगो’ सार्वजनिक
काठमाडौं, कवि वासुदेव अधिकारीको कोरोना कहर र लकडाउन अवधिका विषयमा लेखिएका ‘बस्तीमा आगो’ कवितासङ्ग्रह प्रकाशित भएको छ । यो कवि अधिकारीको आठौं कविता संग्रह हो । २०७६ साल चैत्र २ देखि २०७७ साल श्रावण ५ गतेसम्म लेखिएका कविताहरु यस संग्रहमा समेटिएको छ । समकालीन साहित्य प्रतिष्ठान, वेलायतद्वारा प्रकाशित यो कविता संग्रह लकडाउन खुल्नासाथ बजारमा जानेछ । एकसट्ठीओटा गद्यकविताहरूको संग्रहमा कवि अधिकारीले चीनदेखि पश्चिमी मुलुक हुँदै नेपालसम्म आइपुगेको कोरोनाको कहर र नेपालमा लागु गरिएको लकडाउनले प्रभाव–विशेषलाई कविताको मुख्य अंश बनाएका छन् ।
कविले कोरनाले मानव जिवनमा पारेको प्रभाव, आत्मविश्वास, जिवन दर्शन बारे उल्लेख गरेका छन् । कवि अधिकारीले कविता मार्फत कोरोनाले विश्वभर पारेको प्रभावमा आफुलाई केन्द्रीत गरेका छन् । उनले विदेशीएका नेपाली, तीनको परिवारमा नेपालमा परेको प्रभाव, खाद्यन्न अभाव, मानिसको दिनचार्यका विषयमा कवितमा बढो मिठासपुर्ण संगति मिलाएका छन् । दैनानुदिनको जिवन झल्कने गरी लेखिएका कविताले कोरनाको प्रभावको प्रष्टसँग चित्रण गरेको छ ।
कविले कविता मार्फत लकडाउनले उद्योग व्यवसायमा पारेको प्रभाव, आईसोलेशन र क्वारेन्टीनहरुको अवस्थाका विषयमा पनि उल्लेख गरेका छन् । कविले कोरनाको औषधी अझै नबनेको उल्लेख गर्दै सजगता अपनाउन भनेका छन् । उनले कविता मार्फत सामाजिक जागरण उजागर गरेका छन् ।
भ्याक्सिन नआउन्जेल
आफ्नै सजगताले
लड्छु म सिम्पल कोरोनासित
अठोटले हृदय सिँच्छु
सफा हावा घरै बस्छु
नछोएरै कोरोना युद्ध जित्छु ।
यी माथिका पंक्तिले कोरानासित सजगता अपनाउन कविले कविता मार्फत आग्रह गरेका छन् । उनले घरमै बसेर कोरनालाई पराजित गर्न सकिने उर्जा भरिदिएका छन् ।
कवि अधिकारीले सबै ढंगबाट विषयलाई उठान गरिदिएका छन् । जनता कोरना र बन्दाबन्दीको सास्तीमा रहँदा पनि जनताको सेवक राजनीतिक दलहरुले सही बाटो पहिल्याउन नसकेको विषयलाई पनि छुटाएका छ्रैनन् ।
बजार खुल्नासाथ पुस्तक पसलहरुमा भेटिने यो कविता संग्रह कोरोना र लकडाउन बुझ्नका लागि एउटा महत्वपुर्ण दस्तावेज हुनेमा दुई मत छैन । कोरोनाको विषय र लकडाउनका बारेमा बुझ्नका लागि यो कविता संग्रह ऐतिहासिक दस्तावेज बन्नेछ । संभवत कोरनाको प्रभावका विषयमा यति मिठो ढंगबाट प्रकाशित कविता संग्रह यो नै पहिलो हो ।
प्रतिकृया दिनुहोस्