लिबियामा सशस्त्र झडपमा परी २७ जनाको मृत्यु, १०० बढी घाइते
- Khabar Nirantar
- २०८० श्रावण ३२
काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा सशस्त्र झडपमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । बुधबार भएको झडपमा परी अरू १०० भन्दा बढी मानिस घाइते भएका बताइएको छ । यो घटनासँगै अरब लिग (एएल) ले चिन्ता व्यक्त गरेको छ ।
एएलले सहरमा तत्काल हिंसा अन्त्य गर्न समेत आग्रह गरिएको छ । अरू २३४ मानिसलाई झडप भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको थियो । अहिले घाइतेको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ । नेता मुअम्मरको सन् २०११ मा मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ । सिन्ह्वा
शीर्ष समाचार
- पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर
- ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद
- चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री
- म्याद थप गर्न अनमोल केसीलाई लगियो सरकारी वकिल कार्यालय
- केएमसीका चिकित्सकमाथि आक्रमण : गुल्मीका दुई युवक पक्राउ
प्रतिकृया दिनुहोस्