तुलसीपुर इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी सिल
दाङ – दाङको इलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ ।
तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको नगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि कार्यालय सिल गरिएको प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।
समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि तुलसीपुर उपमहानगरपालिकाको बुधबार बेलुकी बसेको आपत्कालीन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्