June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

मुलुकका विभिन्न स्थानमा दिउँसो र राति भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – आज पनि देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

पश्चिमी भू-भाग नजिक रहेको न्यून चापीय रेखा र  उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण परेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका धेरै ठाउँमा सामान्य बदली भइ बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज  राति पनि सामान्य बदली भई बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई  ठाउँमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको