पशु र कृषिका कार्यालय एकिकृत गर्ने प्रस्तावप्रति आपत्ति
काठमाडौं, बागमती प्रदेश कृषि व्यवस्था तथा सहकारी मन्त्रालय अन्र्तगत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु र कृषि ज्ञान केन्द्रलाई एकिकृत कार्यालयबाट संचालन गर्ने प्रदेश सरकारको तयारी प्रति विभिन्न संघ संस्थाले आपत्ति जनाएका छन् । दुध, माछा, अण्डा, मासु लगायतका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले पशु पंक्षी क्षेत्रलाई थप परिस्कृत र व्यवस्थीत बनाउँदै सेवाको बिशिष्टीकृत गर्नुपर्ने बेला कार्यलय नै मर्च गर्ने कुराले सेवा थप खुम्चनेमा चिन्ता व्यक्त गरेका छन् । उच्च स्रोतका अनुसार मन्त्रालयले पनि यसअघि छुट्टा छुटटै नै कार्यलय रहने गरीको संरचना मुख्यमन्त्रीको कार्यलयमा पठाएको थियो । मुख्य मन्त्री डोरमणी पौडेललेको व्यक्तिगत इच्छामा मुख्यमन्त्री कार्यलयले भुमि व्यवस्था तथा कृषि मन्त्रालयलाई अघिल्लो हप्ता पत्र पठाएर एकिकृत दुवै विज्ञ केन्द्रलाई मिलाएर एकिकृत ढंगबाट काम गर्ने व्यवस्था मिलाउन र त्यस बारे १५ दिन भित्र जानकारी गराउन भनेको छ ।
मुख्यमन्त्री कार्यलयको योजना अनुसार सेवा एकिकृत भए त्यसले भेटनरी तथा कृषि दुवै क्षेत्रमा असर गर्ने विज्ञहरुको मत छ । स्रोतहरुका अनुसार मुख्यमन्त्री पौडेल बाहेक कुनै पनि निकाय जिल्लामा यी दुवै कार्यालयलाई एकिकृत गरेर काम गर्ने पक्षमा छैनन् । बाहिर भन्न नसकेपनि कृषिमन्त्री दावा दोर्जे लामा र कृषि सचिव डा. योगेन्द्र कार्की समेत एकिकृत सेवाको पक्षमा देखिएका छैनन् । विभिन्न पार्टी समर्थित संघसंगठनले पनि एकिकृत रुपमा कृषि र भेटनरीलाई जोड्ने कुरामा आपत्ति जनाईसकेका छन् । यस क्षेत्रसँग सम्बन्धीत झण्डै दुई दर्जनबढी संघ संस्थाले मुख्यमन्त्री कार्यललाई ज्ञापन पत्र बुझाउँदै एकिकृत सेवा संचालन गर्ने प्रस्तावबाट पछि हट्न भनेका छन् । कतिपयले त आन्दोलनकै चेतावनी समेत दिएका छन् । मन्त्रालय स्रोतका अनुसार एकिकत ढंगबाट काम गर्न कृषि तथा पशुपक्षीं दुवै तर्फका कर्मचारी इच्छुक छैनन । बरु अहिले भईरहेको संरचनालाई विशेष सेवा सहितको बिशिष्टीकरण गर्नुपर्ने पक्षमा उनिहरु छन् । कृषि तथा पशु पक्षी कार्यलयहरु संघिय तहमा समेत अलग अलग छन् । संघिय व्यवस्था अघि समेत यी कार्यलयहरु अलग अलग रुपमा रहेका थिए । ‘मुख्यमन्त्रीको एकल इच्छाको भरमा विधिमा नै असर गर्ने कुरामा मन्त्रालय लाग्नु हुँदैन ।’ नाम उल्लेख नगर्ने शर्तमा एक उच्च कर्मचारीले भने ‘कृषक पनि खशी नहुने, कर्मचारी पनि खुशी नहुने र काम पनि अहिले भन्दा व्यवस्थीत हुन नसक्ने कामका लागि मुख्यमन्त्रीको मोह किन हो बुझ्न सकिएन ?’
पशुपालक कृषकहरु समेत एकिकृत सेवाको पक्षमा छैनन् । काठमाडौं नैकापमा भैंसी पालन गरीरहेका कृषक हरीप्रसाद अधिकारी विशिष्टीकृत सेवा भित्र समेत विशेष सेवा खोज्नुपर्ने बेला पशुपालक कृषकलाई कृषि कार्यालय धाउने व्यवस्था गर्नु राम्रो नहुने बताउंछन् ।
प्रतिकृया दिनुहोस्