September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

साप्ताहिक र जनआस्थाविरूद्ध चौधरी ग्रुपले प्रेस काउन्सिलमा उजुरी दर्ता

काठमाडौं – प्रतिनिधि सभाका सदस्य एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गर्ने जनआस्था साप्ताहिक र जनआस्था डटकमविरूद्ध चौधरी ग्रुपले हिजो भदौ ९ गते प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छ ।

उक्त पत्रिकाले विगत लामो समयदेखि नेपालका ख्याती प्राप्त उद्यमी चौधरीका बारेमा झूठा समाचार प्रकाशित गर्र्दै आएको थियो ।पछिल्लो समयमा जनआस्थाले ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनता : चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा’ र ‘अर्बपतिको ‘मुहान’ मा बल्ल आक्रमण’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

ती समाचार पूर्णतया झूठा रहेको र तथ्यहीन समाचार प्रकाशित गरेर चौधरी ग्रुपका अध्यक्षको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा रहेको ख्यातीमा प्रतिकुल प्रभाव पार्ने दुश्प्रयास गरिएकाले जनआस्था साप्ताहिक तथा उक्त पत्रिकाका सम्पादक किशोर श्रेष्ठमाथि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम हदैसम्मको सजाय माग गरिएको छ ।लामो समयदेखि प्रेस काउन्सिलको सदस्य रहेका किशोर श्रेष्ठ नेपालमा सबैभन्दा बढी आचारसंहिता उल्लघंन गर्ने पत्रकारका रुपमा चिनिन्छन् ।

प्रेस काउन्सिलमा निरन्तर नियुक्ति खाएका श्रेष्ठमाथि पदीय अधिकार दुरुपयोगको आरोपसमेत लाग्ने गरेको छ । हालै सरकारले उनलाई काउन्सिलको कार्यवाहक अध्यक्षबाट हटाउने निर्णयसमेत गरेको छ ।

स्मरण रहोस्, श्रेष्ठद्वारा सम्पादित जनआस्था साप्ताहिकमा प्रकाशित समाचारकै कारण नायिका श्रीषा कार्की आत्महत्या गर्न बाध्य भएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको