May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

पछिल्लो २४ घण्टामा थप ३१३  जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३१३  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ११९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ८०६ थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको