March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघिबाट छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले  कार्यदल गठन गरेका थिए। 

कार्यदलले एक साता छलफल पछि १७ पृष्ठ लामो सुझाव प्रतिवेदन शनिबार बुझाइसकेको छ। त्यहि प्रतिवेदनमाथि छलफल गर्न ओली दाहाल जुटेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको