September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

जोखिम मोलेरै सुटिङमा खटिएका बलिउड स्टार

बलिउडका केहि कलाकार कोरोना महामारीको बिचमा पनि जोखिम मोलेर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । अक्षय कुमार, आमिर खानदेखि हुमा कुरैशीसम्म फिल्मको सुटिङका क्रममा छन् ।

अक्षय कुमार
अक्षय कुमार उनको आगामी फिल्म बेल बटमको सुटिङ गर्न ग्लासगो गएका छन् । उनी टिमसहित १५ अगस्टमा फिल्म सुटिङ गर्न ग्लासगो गएका हुन् ।

हुमा कुरैशी
हुमा कुरैशी पनि यस समय ग्लासगोमा छन् । उनी पनि बेल बटमको सुटिङ गर्न ग्लासगो पुगेकी हुन् । हुमाले हालैमा एक रमाइलो भिडियो सार्वजनिक गरेसँगै उनी फिल्म सुटिङका क्रममा रहेको सार्वजनिक भएको हो ।

लारा दत्ता
अक्षय कुमारको फिल्म बेल बटमकै टिममा लारा दत्त पनि छिन् । उनी पनि फिल्म सुटिङका लागी कोरोनाको महामारीकाबीच सुटिङमा छिन् ।

आमिर खान
आमिर खान आफ्नो आगामी फिल्म लाल सिंह चड्डा सुटिङ क्रममा टर्की पुगेका छन् । उनले हालै टर्कीका राष्ट्रपतीकी पत्नी एमीन एर्दोगनसंग भेट गरेका थिए । जसका कारण भारतमा उनको आलोचना शुरु भएको छ ।

मौनी राय
मौनी राय अहिले फिल्म सुटिङका लागी लण्डन पुगेकि छिन् । लण्डनमा उनी आगामी फिल्मको सुटिङमा ब्यस्त छिन् । मौनी लकडाउन पूर्व नै दुबईमा थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको