July 5, 2022, Tuesday
२०७९ असार २१, मंगलवार
KN hd tv

कोरोनामुक्त मेयर भन्छन् ‘अब नगरवासीलाई बचाउन केन्द्रित हुन्छु’

काठमाडौं-२५ औँ दिनमा कोरोनामुक्त भएका वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी  कोरोनामुक्त भएका छन् ।नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा सरावगीको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो।

गत साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई १२ दिन आईसीयुमा राखेर उपचार गरिएको थियो। स्वास्थ्यमा क्रमिक सुधार आए पनि कोरोना रिपोर्ट भने पोजेटिभ नै आइरहेको थियो।

मेयर सरावगीले आइतबार भएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताए। ‘कोरोनामुक्त भएको छु, अब मेरो सबै ध्यान नगरवासीको स्वास्थ्यमा हुने छ,’ उनल भने। उनको सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो।

उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेको उनले बताए।

शीर्ष समाचार

धेरै पढिएको