October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

गुल्मीको दर्लिङमा खहरेले बाबुछोरी बगायो

गुल्मी – गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङमा खहरेले बाबुछोरी बगाएको छ।

मालिका-२ च्यानडाँडा बस्ने ४१ वर्षीया लिलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीया बिन्दु घर्तीलाई राति खहरेले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घरमा बुवासँग भेटघाट गरेर ससुराली फर्कने क्रममा बाबुछोरीलाई चिप्लेपहराको खोल्सामा आएको खहरेले बगाएको हो।

बुवा ८० मिटर तल खोल्सामा बिहान मृत अवस्थामा फेला परेको र छोरी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

अहिले जिल्ला प्रहरी कार्यालय, वामी प्रहरी चौकी र पौदी अमराइ प्रहरीचौकीबाट प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक प्रधानले बताए। उनले स्थानीय र प्रहरीको सक्रियतामा डोजरमार्फत सम्भावित स्थानमा बालिकाको खोजीकार्य भैरहेको बताए।

चट्याङ लागेर एक जनाको मृत्यु 

जिल्लाको मालिका गापा-८ फल्लेनी बस्ने ४० वर्षीय बिष्णु बिकको चट्याङ लागेर ज्यान गएको छ। घरको आँगनमा चट्याङ लागेर घाइते भएकी बिकको उपचार गर्न गुल्मी अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको