July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

‘ब्याक’ नहुने तयारी, निधिको उम्मेदवारी

काठमाडौं, नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले अबको महाधिवेशनमा आफु सभापति उठ्ने तयारी गरेपछि नेपाली कांग्रेस भित्रको राजनीति निकै तरंगित बनेको छ । सभापति शेरबहादुर देउवाले आफुलाई वर्तमान संस्थापन समुहमा एकल उम्मेदवारको रुपमा प्रस्तुत गरीरहेका बेला सोही समुहका प्रभावशाली नेता उपसभापति निधिले सबभन्दा पहिला नै देउवालाई भेटेर आफु्लाई सहयोग गर्न आग्रह गरेपछि कांग्रेस भित्रको राजनीति तरंगित बनेको छ ।
उपसभापति नीधिले सभापतिमा उम्मेदवारी दिने बताएपछि देउवा समुहमै हलचल मच्चिएको छ भने कांग्रेस भित्र एउटा सुधारको संकेत मिल्ने आशा पलाएको रुपमा कांग्रेसका आम कार्यकर्ताबीच चर्चा छ । निधिको उम्मेदवारी चर्चापछि अहिले देउवा समुह नै विभाजित बन्ने हो कि भन्ने आशंका पनि छ । तर स्वयम् नीधि देउवा समुहलई विभाजित गराउन चाहनन् । उनि निटक स्रोतहरुका अनुसार निधि आफैंले सार्वजनिकरुपमा मुख नखोले पनि उनको भित्रि तयारी निकै बलियो छ । निधिको तयारीले सभापति देउवा नै उनलाई प्रस्ताव गर्ने अवस्थामा पुग्ने वातावरणको निर्माण हुँदै छ । ‘सभापतिजीको प्रस्तावमै म उम्मेदवार हुने हो ।’ उपसभाति निधिले आफु निकटकाहरुसँग भन्ने गरेका छन् ।
तर कतिपयले अहिले निधिले सभापतिका लागि गरेको तयारीलाई ‘वार्गेनिङ’ पनि भन्ने गरेका छन् । तर निधिको सभापतिको तयारी कुनै पद वा अन्य केहीका लागि होइन भन्छन् उनलाई बुझ्नेहरु । स्रोतका अनुसार १४ औं महाधिवेशनमा निधि ‘ब्याक’ नहुने उम्मेदवार हुन् । सभापति देउवा टिममै रहेका अधिकांश नेताहरु देउवालाई ‘तपाई हुनुहुन्न’ भन्न सक्ने अवस्थामा छैनन्, तर उनिहरु निधिले गरेको हिम्मतको प्रशंसा गरीरहेका छन् । देउवा समुहमा गलत काम भयो भने गलत भयो भन्ने हिम्मत राख्ने नेता हुन्, निधि । बोलेको कुरामा अडान लिने निधिको स्वभाव देउवा र सो टिमका अरु पनि जानकार नै छन् । जसका कारण निधिको घोषणा ‘ब्याक’ हुने खालको नभएको उनि निकट नेता बताउँछन् । ‘बिमलजी आफुलाई लागेको कुरामा परिणाम जे सुकै होस टिकिरहनुहुन्छ ।’ उनले भने ‘तीन तीन पटक शेरबहादुर दाईलाई सहयोग गरेको व्यक्तिले अहिले नबुझी र ब्याक हुनका लागि उम्मेदवारी घोषणा गरे जस्तो लाग्दैन, बिमलजीको स्वभाव बुझ्न्ु भएका शेरबहादुर दाईलाई पनि बिमल अब ब्याक हुन्न भन्ने लागिसक्यो होला ।’ देउवा समुहमै कहिले काँही सभापति देउवा बिना छलफल र बैठक हुने गर्छ । जिल्ला तहमा पनि छलफल हुने गर्छ, त्यसमा पनि देउवाका पछिल्ला क्रियाकलापले उनको राजनीतिक ‘ग्राफ’ घटेकै रिपोटीङ हुन्छ । तर भन्ने कल्ले देउवालाई ?, त्यो त्यसै सेलाउँछ । समुह छोड्न नसक्ने र देउवालाई नै निरन्तरता दिन नहुने मत अहिले सो समुहमा प्रवल छ । निधिको बोली अहिले त्यस्ताका लागि आत्मबल बनिदिएको निधि निकट नेताको दाबी छ । ‘एउटा तप्का हिजै देखी ‘शेरबहादुर’ प्रवृति विरुद्ध छ, अन्यले पनि गर्न सकेनन् भन्ने छ, अहिले तिनको विकल्पको प्रतिनिधित्व निधिले गर्न खोज्दैछन् ।’ ति नेता भन्छन्
शेरबहादुर देउवासँग नेपाल विद्यार्थी संघको राजनीतिबाट नै संगत गरेका निधिले २०३६ सालमा महाधिवेशन गर्न नसकेको भनेर देउवा नेतृत्व समितिलाई भंग गर्ने प्रस्ताव आउँदा निधि भंगको विपक्षमा उभिएर देउवालाई साथ दिएका थिए । तत्कालीन अवस्थामा वीपीसँग निधिले देउवा नेतृत्व कमिटिलाई नै अधिवेशन गराउन दिनुपर्ने प्रस्ताव गरेका थिए । पछि देउवाले नै गराएको महाधिवेशनबाट निधि नेविसंघको सभापति बने । सो बेला देखी नै देउवा र निधिको निकटता बढ्यो । कोइराला परिवारसँग लडाईं लडेको इमेज बनाएका सभापति देउवा नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालालाई नै सभापति बनाउन लागेका थिए । तर निधि भने सो महाधिवेशनमा चिरन्जीवी वाग्लेको पक्ष थिए । तर पनि दुई नेताबीच भावनात्मक समन्ध कायमै थियो भन्छन् नेताहरु । त्यसयता देउवा र निधि एक रथका दुई पाङ्ग्रा जस्ता छन् । कुनै समय विवाद आई हालेपनि आफैं बसेर त्यसको समाधान निकाल्दै आएका छन् । त्यसैले एउटै समुह भएपनि तल्लो तहमा देउवा र निधिको अलग अलग इच्छा भएन । बरु खुमबहादुर खड्का समुहले देउवा टिममै भए पनि अलग पहिचाहन बनायो । निधि यति ढुक्क देखिए कि ‘शेरबहादुर’ टिमका सबै आफ्नै हुन् भन्ने मान्यतामा रहे । तर ‘ब्याक’ नहुने गरी सभापतिका लागि भएको तयारीले निधिको यो विश्वासलाई कत्तिको साथ दिन्छ ?
यति लामो र मिठास पुर्ण सम्बन्ध रहेका देउवा र निधिबीच उम्मेदवारीको विषयले तित्तता ल्याउला वा यही समन्ध रहीरहला भन्ने चासो अहिले व्यप्त छ । निधि निकटकाहरुका अनुसार देउवाले नै १४ औं महाधिवेशनमा ‘तपाई हो’ भनेकाले निधिले सभापतिमा दाबी गरेका हुन् । हुन पनि लगातार तीन महाधिवेशन हारिसकेका देउवाले १३ औं महाधिवेशनमा आफु एक कार्यकालका लागि मात्र सभापतिको उम्मेदवार भएको घोषणा गरेका थिए । निधि देउवालाई जिताउन अग्रमोर्चामा लागेका थिए । अहिले निधि सोही बेलाको कुरा संझाएर देउवासँग पुरनो संझौता कार्यन्वयन गराउन लागि परेका छन् ।
निधिलाई पनि छैन समय
निधिले यो महाधिवेशनलाई राजनीतिको एउटा ठुलो खड्को मानेका छन् । यदि यो महाधिवेशनमा आफुलाई उनले एउटा शक्तिको रुपमा उभ्याउन सकेनन् भने उनका लागि पनि अप्यठ्यारो छ । कांग्रेस भित्र निकै चतूर मानिने निधि आफु भन्दा पछिल्लो पुस्ताले गरेको हस्तक्षेपको बारेमा पनि राम्रो जानकार छन् । युवा नेताहरु पदाधिकारीको बलियो दाबेदार भईसके र निकै संभावना बोकेर आएका छन् । निधि आफ्नै बुझाईमा पनि त्यो पुस्ताले १५ औं महाधिवेशन सम्म पुग्दा सभापतिमै हस्तक्षेप गर्छ भन्नेमा छन् । यसरी हेर्ने हो भने निधिका लागि यो अन्तिम राजनीतिक लडाई पनि हुन सक्छ । जिवन राजनीतिमा बिताएका निधि मात्र होइन, सबैलाई पार्टीको शिर्ष तहमा पुग्ने आकांक्ष हुन्छ । जुन स्वभाविक पनि छ । सायद, त्यही बाध्यता र पुरानो देउवासँगको संझौताले निधि आक्रामक तयारीमा हुनुपर्छ ।

शीर्ष समाचार

धेरै पढिएको