April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ ।

एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार ९९२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५५ लाख ११ हजार ६६९ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५०५ जनाको मृत्यु भएको छ । ३२ लाख ८६ हजार ५६० जना संक्रमित भएकोमा १९ लाख ५२ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५४ हजार ५७५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख ८४ हजार १८५ पुगेको छ । त्यसमध्ये ३७ लाख ९२ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २६ हजार ४७७ जनाको मृत्यु भएको छ । ६० लाख २४ हजार १११ जना संक्रमित भएकोमा ४७ लाख १७ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८३ हजार ९०८ जनाको मृत्यु भएको छ । ५५ लाख ७१ हजार ६४१ जना संक्रमित भएकोमा ४१ लाख ४४ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार २२ जनाको ज्यान गएको छ भने ११ लाख ६२ हजार ३९२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ८४ हजार ४८० जना संक्रमणमुक्त भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको