September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्

 काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो । आफूहरु देशको अर्थतन्त्र पुनरुत्थान गर्न काम गरिरहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको