September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

‘ए’ डिभिजन लिग : आज एनआरटी र पुलिस, मनाङ र खुमलटार तथा फ्रेन्ड्स र शेर्पा क्लब खेल्दै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

दशरथ रंगशालामा आज हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

एनआरटी २२ खेलमा २९ अङ्कका साथ आठौँ स्थानमा र समान खेलमा पुलिस ३१ अङ्कका साथ चौथो स्थानमा छ ।

रंगशालामा नै आज हुने दोस्रो खेलमा बेलुका ६ बजे मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार खेल्दैछन् ।

मनाङ २२ खेलमा २८ अङ्कसहित १० औँ स्थानमा छ । खुमलटार २२ खेलमा २४ अङ्क जोडेर पुछारमा छ ।

यस्तै च्यासल मैदानमा दिउँसो तीन बजे फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

फ्रेन्ड्स २२ खेलमा २४ अङ्क जोडेर १३ औँ स्थानमा र हिमालयन शेर्पा २९ अङ्कका साथ नवौँ स्थानमा छ।

१४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । 

शीर्ष समाचार

धेरै पढिएको