छुट सुविधा नदिने अस्पताल प्रशासन बन्द गराउने मेयर बालेनको चेतावनी
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेमयर बालेन्द्र शाह (बालेन)ले कानुनअनुसार छुट नदिने अस्पताल अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन् । कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसीमा दिँदै उक्त चेतावनी दिएका हुन् ।
“काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,” मेयर बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।”
https://www.facebook.com/photo.php?fbid=812873560204901&set=a.196862011806062&type=3
प्रतिकृया दिनुहोस्