October 4, 2022, Tuesday
२०७९ आश्विन १९, बुधबार
KN hd tv

प्रहरी प्रधान कार्यालय नक्सालका २ सय २५ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं– मंगलबारसम्म प्रहरी प्रधान कार्यालय नक्सालमा मात्र २ सय २५ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ। 

प्रहरी प्रवक्ता एसएसपी कुवेत कडायतका अनुसार मंगलबारसम्म प्रहरी मुख्याका १ सय ६३ कोरोना संक्रमित सुरक्षाकर्मी उपचाररत छन्। ६२ जना भने निको भएर काममा फर्किसकेका छन्। 

काठमाडौं महानगरपालिका-१ मा प्रहरी मुख्यालय बाहेक अन्य दुई जना सर्वसाधारणमा मात्रै कोरोना देखिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए।

‘नक्सालमा कोरोना महामारीले भयावह रूप लिइसक्यो भन्ने हल्ला बाहिर फैलिएको छ। तर प्रहरी हेडक्वार्टरबाहेक नक्सालको अन्य समुदायमा भने कोरोना संक्रमित भेटिएका छैनन्। नक्साल क्षेत्रमा बसोबास गर्ने २ जना पनि संक्रमित पनि उपत्यका बाहिरबाट आएका छन्,’ अध्यक्ष श्रेष्ठले भने।

प्रहरी हेडक्वार्टरमा कसरी कोरोना फैलियो भनेर खुलाइएको छैन।

शीर्ष समाचार

धेरै पढिएको