June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

प्रधानमन्त्रीको भ्रमण तयारी बारे भारतीय विदेशमन्त्रीलाई भेटे नेपाली राजदुत शर्माले

प्रधानमन्त्री पुष्पकमल दाहालको आशन्न भारत भ्रमण बारे छलफल गर्न भारतका लागि नेपाली राजदुत डा शंकर शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । शर्मा विदेशमन्त्री जयशंकरलाई भेट्न बिहीबार बिहान पुगेका थिए ।
सो क्रममा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । आगामी दिनमा यसलाई थप विस्तार गर्न दुबै पक्ष सकारात्मक बनेका छन् । उनले टिवट गर्दै भनेका छन् ‘आज बिहान नेपालका राजदूत डा शंकर शर्मालाई पाउँदा खुसी लाग्यो । हाबीबीच गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो । आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्ध छौँ ।’ प्रधानमन्त्री दाहालको भ्रमण जेठ १७ गतदेखि हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको