July 18, 2024, Thursday
KN hd tv

सिडेनमा केसी समुह लोकप्रिय


सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) अध्यक्षमा उम्मेदवारी दिएका लक्ष्मण केसी अन्य उम्मेदवार भन्दा लोकप्रिय देखिएका छन् । नेपाली कांग्रसको शुभेच्छुक संस्थाको रुपमा रहेको सिडेनको जेष्ठ १३ गते हुने निर्वाचनका लागि केसीले आफु किन सिडेनमा आवश्यक छ भन्ने कुराहरलाई सदस्यहरुबीच बुझाई रहेका छन् । इन्जिनियरिङमा लामो अनुभव भएका केसी सिडेनको संस्थापक पनि हन् । साते प्रदेशमा सम्पर्क गरी आफ्नो समुहको जितको आवश्यकता बारे बताइरहेका केसी निकै सरल र शान्त स्वभावका छन् । शालिन व्यक्तिको रुपमा सदस्य माझ परिचित केसी सदस्यहरुको दुख सुखका सहयात्री बनिदिन्छन् । त्यो स्वभाव र सरलताका कारण पनि केसी यस पटक सिडेनका सदस्यहरुको रोजाईमा पर्ने एक इन्जिनियरले बताए । आधुनिक प्राविधिक विषयका बारेमा समेत जानकार केसी समुह समावेशी मात्र होइन कामयावी पनि छ । प्यानलसहित चुनावी मैदानमा होमिएका उनले विगतमा आफूले गरेको काम र सिडेनमा गरेको योगदानको आधारमा विजयी गराउने अपेक्षा राखेको बताएका छन्
सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्षसमेत रहेका केसीले यो पटकको नेतृत्व आफूले पाएमा धेरै काम गर्ने बताए । अक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका केसीले अमेरिकाको युनिभर्सिटी हवाईबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् । केसीले विश्व बैंक, आईएलओ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा कन्सल्टेन्टको रूपमा समेत काम गरिसकेका छन् । अमेरिकामा मास्टरको पढाई सकेपछि केही समय पेशागत काम समेत गरेका थिए । त्यसपछि नेपाल फर्किएर अहिले आफ्नो कर्मसँगै सामाजिक कार्यमा समेत सक्रिय छन् । अहिले उनी नेपाल इन्टिग्रिडेड रिसर्च एण्ड डेभ्लपमेन्ट फाउन्डेशनको एक्जुकेटिभ डाइरेक्टर छन् । त्यस्तै एक्जुकेटिभ कन्सल्टिङ इन्जिनियर्स एण्ड प्लानर्सको डाइरेक्टर समेत छन् । उनि नेपाली काँगेसको महाधिवेशन प्रतिनिधि समेत छन् ।

सिडेनमा किन केसी ?

सिडेनको निर्वाचनमा ६ हजार भन्दा बढी इन्जिनियरहरूले निकै उत्साह र उमंगका साथ हेरेका छन् । त्यसका लागि उनीहरूले राम्रो मिसन र भिजन भएको सक्षम उम्मेदवार खोजिरहेका छन् । इन्जिनियर केसीले उक्त मिसन र भिजन आफूसँग रहेको दाबी गरे । अहिले देशको माग नै युवा, डेलिभरी भएको, केही नयाँ गर्न सक्ने खालको हुनुपर्छ भन्ने रहेको भन्दै संस्थाहरूमा पनि यस्तै चाहिने उनले बताए । ‘हाम्रो संस्थामा पनि राम्रो, उर्जावान, सक्षम खालको व्यक्ति आउनुपर्छ भन्ने आम इन्जिनियर साथीहरूको चाहना हो । त्यसका लागि लागि मेरो उम्मेदवारी हो’ केसीले भने । उनले अगाडि भने, उपाध्यक्ष भएको बेला थुप्रै काम गरिसकेको छु । राष्ट्रिय कन्फ्रेन्सको आयोजना गर्नेदेखि लिएर विभिन्न समितिमा चेयरमेनको रूपमा कामको अनुभव छ । सबै कुराले अरू उम्मेदवारहरूभन्दा म सक्षम छु ।’

प्रत्येक २÷२ वर्षमा सिडेनको निर्वाचन हुँदै आएको छ । यो नितान्त आन्तरिक चुनाव भएकाले यहाँ हार र जितको भन्दा पनि संस्थालाई कसरी अगाडि बढाउने भन्ने कुराको कार्यदिशामा केन्द्रीत भएको उनको भनाई छ । हाम्रा थुप्रै खालका समस्या, चुनौती छन् । राज्यसँग लड्नुपर्ने थुप्रै विषय छन् । ती सबै कुरामा हामी दृढ भएर अगाडि बढ्छौ । सम्पूर्ण इन्जिनियरहरूको हक हितका लागि लड्छौं ।’ केसीले भने ।

अहिले मुलुकका इन्जिनियरहरूको माग र उत्पादनबारे कहीँ कतै अध्ययन नभएको उनको भनाई छ । ‘हामीसँग कति इन्जिनियर छन् । नेपालमा कतिले पढिरहेका छन् भन्ने जानकारी त आउँछ । तर बाहिर देशबाट पनि पढेर आउँछन् । उनीहरूको यकिन डाटा आएन । नेपाल इन्जिनियरिङ काउन्सिलले बल्ल लाइसेन्स दिन थालेको छ । अब यकिन तथ्यांक आउन सक्छ कि ’ उनले भने ।

इन्जिनियरहरूको पेशागत हकहितका लागि समेत आफूले काम गर्ने भन्दै उनले भने, ‘हामीले उचित मूल्यमा काम गर्न पाएका छैनौं । हामीभित्रमा पनि दक्षताको कमी छ । त्यसका लागि अभिमुखीकरण चाहिन्छ ।’ अभिमुखीकरणमा लाग्ने उनको भनाई छ । सबै इन्जिनियरहरूले आफूलाई अत्यधिक मत दिएर विजयी गराउनेमा आफू पूर्ण विश्वस्त रहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको