अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीबीच भेटवार्ता
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीबीच भेटवार्ता भएको छ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा रहेका भण्डारीलाई भेट्न अध्यक्ष ओली पुगेका थिए। भेटमा भण्डारीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने ओलीलाई धन्यवाद ज्ञापन गरेको सभामुखको सचिवालयले जनाएको छ।
भण्डारीले ओलीलाई भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ। गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो। थ्याङ्क यू सो मच।’ आफूले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएको पनि भण्डारीले स्मरण गरेका छन्।
भेटमा एमाले अध्यक्ष ओलीले भण्डारीलाई भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’ भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराएका छन्।
सभामुख घिमिरेले एक साताअघि नै निवासमै गएर भण्डारीसँग भेट गरेका थिए।
गत फागुन ३ मा आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी घाइते भएका थिए भने उनकी आमाको निधन भएको थियो।
प्रतिकृया दिनुहोस्