June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

बझाङको बुङ्गल नगरपालिकामा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता

बझाङ – बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ ।

गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएकी पिललासहित उनका १६ वर्षीया छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परेर २ वटा गाई र तीन वटा बाख्रा पनि मरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको