मधेश प्रदेशसभाको बैठक बस्दै
- Khabar Nirantar
- २०८० जेष्ठ ४
जनकपुरधाम – मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।
बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो ।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्