उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना गरी जम्मा २०५ जना संक्रमित थपिएका छन् ।
पालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ थियो ।
पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस्