November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

विश्वकप खेल्ने वेस्ट इन्डिजको टिम घोषणा

वेस्ट इन्डिजले जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरेको छ। 

टिममा बलिङ अलराउन्डर किमो पलले पुनरागमन गरेका छन्। गत वर्ष जिम्बावेमा खेलिएको टेस्टमा राम्रो प्रदर्शन गरेका गुडाकेश मोतीले पनि टिममा स्थान बनाएका छन्।

क्रिकेट विश्वकप सुपर लिगमा नवौं स्थानमा रहेपछि वेस्ट इन्डिज सिधा विश्वकपमा छनोट हुन असफल भएको थियो। 

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले विश्वकप छनोटअघि युएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सिरिजमा लागि पनि टिम घोषणा गरिएको छ।

विश्वकप छनोटका लागि वेस्ट इन्डिजको टिम

शाई होप (कप्तान), रोभमन पावेल (विकेटकिपर), शामरह ब्रुक्स, यानिक कारिया, केसी कार्टी, रोस्टन चेस, जेसन होल्डर, अकेल होसेन, अल्जारी जोसेफ, ब्रान्डन किङ, काइल मेयर्स, गुडाकेश मोती, किमो पल, निकोलस पूरन, रोमारियो शेफर्ड

युएईविरुद्धको सिरिजका लागि वेस्ट इन्डिजको टिम

शाइ होप (कप्तान), ब्रान्डन किङ (विकेटकिपर), एलिक एथानाजे, शमारह ब्रूक्स, यानिक कारिया, केसी कार्टी, रोस्टन चेस, डोमिनिक ड्रेक्स, काभेम होज, अकीम जोर्डन, गुडाकेश मोती, किमो पल, रेमन रेफर, ओडियन स्मिथ, डेभन थोमस।

शीर्ष समाचार

धेरै पढिएको