June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

चितवन – चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ ।

उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए ।

६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको उनले बताए । नौ जनालाई ज्वरो आएकामा ८ जना निको भएको उनले जानकारी दिए ।

बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले बागमती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न बागमती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको  थियो ।

शीर्ष समाचार

धेरै पढिएको