सुनको मूल्य स्थिर, चाँदीको घट्यो
- Khabar Nirantar
- २०८० बैशाख २८
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ । आज १५ रुपैयाँ घटेको चाँदी हिजो बुधबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्