आजबाट एमालेको केन्द्रीय कमिटी बैठक ,यस्ता छन् एजेण्डा
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।
एमाले केन्द्रीय कमिटी बैठकमा छलफल हुने १० वटा एजेण्डा सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ। केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’अभियानको समीक्षा, पार्टी सचिवालय बैठकले गरेका सम्पूर्ण निर्णयहरूको अनुमोदन, अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टीका विभिन्न आयोग र प्रदेशको प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, समसामयिक राजनीति लगायतका विषयमाथि छलफल हुनेछ।
एमालेले यस अगाडि झापामा बैठक राख्ने तयारी गरेपछि बजेट अधिवेशन आह्वान भएकाले पुन : पार्टी कार्यालयमा नै गर्ने निर्णय गरेको हो।
प्रतिकृया दिनुहोस्