भारतीय क्रिकेट नियन्त्रण बोर्डले आइसिसीबाट वार्षिक ३० अर्ब आम्दानी गर्ने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने नयाँ रेभिन्यू-वितरण मोडेलअनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले बार्षिक २३० मिलियन अमेरिकी डलर (३० अर्ब २३ करोड रूपैयाँ बढी) कमाइ देखिएको छ।
इएसपिएन क्रिक इन्फोका अनुसार आइसिसीले २०२४ देखि २०२७ सम्मका लागि प्रस्ताव गरिएको बार्षिक ६ सय मिलियन अमेरिकी डलरको नयाँ मेडलमा भारतले कुल बजेटको ३८.५० प्रतिशत प्राप्त गर्नेछ। आइसिसीका बाँकी ११ स्थायी सदस्यले भने २ देखि ६ प्रतिशत आम्दानी गर्नेछन्।
यो प्रस्तावित मोडेलमा दोस्रो स्थानमा रहेको इंग्ल्यान्डले ४१.३३ मिलियन डलर पाउनेछ। यो आइसिसीको बजेटको ६.८९ प्रतिशत हो।
यस्तै क्रिकेट अस्ट्रेलियाले ३७.५३ मिलियन डलर अर्थात् ६.२५ प्रतिशत बजेट पाउनेछ।
बाँकी नौ स्थायी सदस्यमा ३० मिलियन अमेरिकी डलर भन्दा बढी पाउने प्रस्ताव गरिएको देश पाकिस्तान हो। पाकिस्तानले ३४.५२ (५.७५%) मिलियन डलर पाउनेछ।
सबै एसोसिएट राष्ट्रका लागि ६७.१६ मिलियन अमेरिकी डलर (११.१९ प्रतिशत) प्रस्ताव छ। १२ स्थायी सदस्यका लागि कुल ५३२.८४ (८८.८१%) बजेट रहेको छ।
वार्षिक आँकडाअनुसार आइसिसीको अनुमानित आम्दानी ३.२ बिलियन डलरभन्दा बढी छ।
आइसिसीको मूख्य आम्दानी मिडिया राइट्स ब्रिकीबाट छ। हालै भारतीय बजारसहित विश्वव्यापी रूपमा पाँच अलग-अलग क्षेत्रमा मिडिया राइट्स बेचिएको थियो। त्यो पैसाको ठूलो हिस्सा भारतीय बजारमा गरिएको बिक्रीबाट आएको थियो।
प्रतिकृया दिनुहोस्