बुटवल पावरको नाफा १२.८९ प्रतिशतले बढ्यो
- Khabar Nirantar
- २०८० बैशाख २६
काठमाडौं – बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यस अवधिमा २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाइ भएको छ । कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कमाई १२.८९ प्रतिशतले वृद्धि भएको छ ।
विद्युत बिक्रीबाट गत वर्ष ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेकामा अहिले घटेर ५८ करोड ३१ लाख ७८ रुपैयाँमा आएको छ । कम्पनीको अन्य आम्दानी भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्