December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

रास्वपालाई सरकारमा ल्याउनेबारे सत्ता गठबन्धनभित्र सहमति भइसकेकाे छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे सहमति उपनिर्वाचन अघि भएको बताएका छन् ।

बिहीबार कैलाली पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैसाख १० गते भएको उपनिर्वाचन अघि नै रास्वपालाई सरकारमा ल्याउनेबारे सत्ता गठबन्धनबीच सहमति भइसकेको बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले रवि लामिछानेलाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको दाबी गरे । अध्यक्ष नेपालले हाल पनि रास्वपालाई सरकारमा सहभागि गराउन छलफल भइरेको बताए ।

‘छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । त्यही बेलामा लागू हुने अवस्थामा भएपनि निर्वाचनको कारणले रोकियो । अब यसलाई लागू गराउने कुरामा पनि पोजेटिभ कुराहरू छन् । गठबन्धनमा सामूहिक छलफल भएपछि टुंगिन्छ । अहिलेसम्म फाइनल भएका छैन ।’, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको