April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

गण्डकी प्रदेशसभा अवरुद्ध

गण्डकी – गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ ।

सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो । त्यस्तै काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने पनि माग गरेको छ । यसअघि आइतबार पनि सोही विषयलाई लिएर काँग्रेसले बैठक अवरुद्ध गराएको थियो । आजको बैठक शुरु हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गर्नुभयो ।

बैठक अवरोध जारी भएपछि सभामुख अधिकारीले अर्को बैठक भदौ ९ गते १.०० बजेसम्मका लागि स्थगन गर्नुभयो ।

शीर्ष समाचार

धेरै पढिएको