December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबु–छोरा र बादलका छोराविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिने भन्दै ठगी गर्ने गिरोहको खोजीका क्रममा प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबु–छोरालाई पक्राउका लागि खोजी थालेको छ । टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो ।

सँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो । यही प्रकरणमा आज (बुधबार) मात्र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । यस प्रकरणमा अहिलेसम्म नौं जना पक्राउ परिसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको