September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।

चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको छ । मतदानमा ४ सिट भएको राप्रपाले कतै पनि मत दिएन ।

चौधरी आठ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको