November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

पानी परेसँगै काठमाण्डौको अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियसले घट्यो, तराईमा पनि शीतल

काठमाडौँ – पानी परेसँगै काठमाडौँको अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियसले घटेको छ । वैशाख पहिलो हप्ता २९ देखि ३० डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो २१ डिग्री सेल्सियसमा झरेको छ ।

गएको चैत अन्तिमतिर काठमाण्डौको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियससम्म पुगेको थियो । तर, केही दिनयता लगातारजसो पानी परिरहेकाले अधिकतम तापक्रम घट्दो छ । काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको छ ।

तराईका जिल्लामा ४० देखि ४१ डिग्री सेल्सियससम्म पुगेको तापक्रम अहिले ३४ देखि ३५ डिग्री सेल्सियससम्म झरेको छ । वर्षासँगै मौसम बदली हुँदा र घाम नलाग्दा अधिकतम तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । गएको शनिवार दिउँसोदेखि धेरै ठाउँको मौसम धुम्म छ । पानी पर्ने र रोकिने क्रम चलिरहेको छ ।

आज पनि धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौसहित अन्य क्षेत्रमा दिउँसो पछि पानी पर्ने अनुमान रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सि बिहीवारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने अनुमान छ । 

शीर्ष समाचार

धेरै पढिएको