नेपाललाई दोस्रो सफलता : यूएईका दुई ब्याट्सम्यान बाहिरिए
- Khabar Nirantar
- २०८० बैशाख १८
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । युएईका भृत्या अर्विन्दलाई नेपालका करण केसीले आशिफ शेखको हातबाट क्याच आउट गराए । उनले दुई चौकासहित ८ रन जोडेका थिए ।
यसअघि युएईका ओपनर मोहम्मद वासिमलाई सोमपाल कामीले ललित राजबंशीको हातबाट क्याच आउट गराए । ललितले हावामा उफ्रिएर बल क्याच गरेका थिए ।
वासिमले १ चौका र १ छक्कासहित ११ रन बनाएका थिए । पाँचौ ओभर पुरा हुँदा युएईले २ विकेटको क्षतिमा २८ रन जोडेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्