December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

विश्व बैंकद्वारा चीनको लागि साढे ३४ करोड डलर ऋण स्वीकृत

विश्व बैंकले चीनमा कृषि क्षेत्रको विकासको लागि साढे ३४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

मध्य चीनको हुवेई र हुनान प्रान्तमा हरित कृषि र ग्रामीण क्षेत्रको विकास गर्न ३४ करोड ५० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको विश्व बैंकको बेइजिङ कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो ऋण बाली तथा पशुपालनबाट हरितगृह ग्यास उत्सर्जन घटाउन, उर्बराशक्ति बढाउन, जैविक विविधता संरक्षण र कृषि चक्रको पुनर्स्थापनामा सुधार गर्न प्रयोग गरिने खबरमा उल्लेख छ ।

यस्तै, ऋण रकम किसान तथा सहकारीका सदस्यहरूलाई तालिम र कृषि विस्तार सेवाहरू उपलब्ध गराउने, किसान र खाद्य प्रशोधनकर्ताहरूलाई जलवायुमैत्री कृषि प्रविधिहरू र असल कृषि अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहित गर्ने जस्ता धेरै क्षेत्रमा काम गरिनेछ । ऋण सहयोगले देशभर लागू गर्न सकिने पाठहरू सिर्जना गर्ने अपेक्षा रहेको चिनियाँ सरकारी अधिकारीले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको