चट्याङ लागेर महिलाको मृत्यु
- Khabar Nirantar
- २०८० बैशाख १७
ओखलढुङ्गा । हिजो (शनिबार) अपराह्न वर्षातसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।
घरभित्रै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज (आइतबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनी चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्