November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

नेपालले लगातार गुमायो तीन विकेट, सन्दीप ५ रनमा आउट

काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा कुवेतविरुद्ध खेलिरहेको नेपालले लगातार तीन विकेट गुमाएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले आरिफ शेखलाई १९ र दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमा गुमाएको हो। त्यसपछि आएका सन्दीप ५ रन बनाएर आउट भए।उनले अघिल्लो खेलमा अलराउण्ड उत्कृष्ट प्रदर्शन गरेका थिए। 

यसअघि कप्तान रोहित पौडेल ५७, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१ रन बनाउँदा भीम सार्की एक रनमा आउट भएका थिए।

वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा छोट्याइएको छ। ३६ दशमलब ३ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाउँदै २ सय ३१ रन बनाएर खेलिरहेको छ। 

शीर्ष समाचार

धेरै पढिएको