December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

सरकारमा जानेभन्दा समर्थन फिर्ता लिने सम्भावना बढी छ : रवि लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले सरकारमा सहभागी हुने भन्दा पनि समर्थन फिर्ता लिने सम्भावना बढी रहेको बताएका छन् । 

आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै उनले भने, “सरकारमा जानेभन्दा समर्थन फिर्ता लिने सम्भावना बढी छ,” उनले भने । 

लामिछानेले न्यूनतम साझा कार्यक्रममा भ्रष्ट्रचारका विषयमा आफ्नो एजेन्डा हटाइएको भन्दै आपत्ति रहेको बताए । उनले प्रधानमन्त्रीले सरकारमा सहभागिताका विषयमा भन्दा पनि उपनिर्वाचनमा निर्वाचित भएकोमा बधाई दिन फोन गरेको बताए । 

लामिछानेले सरकारमा जाने विषयमा छलफलपछि मात्रै निर्णय लिने बताए । उनले फेरि मन्त्रालयमा फर्कने सम्भावना न्यून रहेको बताए ।

“यथास्थितिमा मन्त्रालय जाने भन्ने सोचेको विषय होइन । धेरै कुरा मिल्नुपर्छ । मुलुकको दुरगामी स्थिरताका लागि हेरेर गर्नुपर्ने निर्णय सामान्य निर्णय होइन,” उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको