November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

संसद बैठकमा एमाले सांसदको विरोध

काठमाडौं– प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् । 

बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोधको संकेत गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । 

यसपछि प्रमुख सचेतक गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारलाई दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन नसकेको बताए । 

साथै माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्न थालिएको भन्दै एमालेले सरकारको विरोध गरेको छ । बैठक चलिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको