November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

कालीकोट : खाँडाचक्रका वडाअध्यक्षले नगरपालिकामा बुझाए छाप र राताे कलम

काठमाडौं । कालीकोटको खाँडाचक्र नगरपालिकाका वडाअध्यक्षले वडा कार्यालयको छाप र रातो कलम नगरपालिकाको न्यायिक समिति संयोजकलाई बुझाएका छन् । काम काज गर्न असहज भएको भन्दै वडाअध्यक्षले उपमेयर गणेशबहादुर शाहीलाई छाप र कलम बुझाएका हुन् ।

कार्यालय समयमा कर्मचारी कार्यालयमा नभेटिने, काम सकिएका योजनाको समयमै भुक्तानी नहुने, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल कार्यालय समयमा मोबाइल नै अफ गरेर हराउनेलगायतका समस्या रहेको उनीहरुको गुनासो छ ।

समस्या समाधान गर्न पहल नभएको भन्दै वडाअध्यक्षले न्यायिक समिति संयोजकलाई कार्यालयको छाप र कलम बुझाएको ९ नम्बर वडाका अध्यक्ष बिरिजित विष्टले बताउनुभयो । कार्यालयमा कर्मचारी नबस्ने पुरानै समस्या रहेको र यसलाई सुधार गर्न आवश्यक छलफल गर्ने उपमेयर गणेशबहादुर शाहीले बताउनुभयो।

शीर्ष समाचार

धेरै पढिएको